राजनीति


ग्रेटा टुन्वर्गलाई अमेरिकी मन्त्रीको सुझावः पहिले कलेज गएर अर्थशास्त्र पढ

ग्रेटा टुन्वर्गलाई अमेरिकी मन्त्रीको सुझावः पहिले कलेज गएर अर्थशास्त्र पढ

नेपालखबर
माघ ९, २०७६ बिहिबार १६:५८,

डोनाल्ड ट्रम्पका ट्रेजरी सेक्रेटरी स्टिभन मनुचिनले जलवायु संकट अभियन्ता ग्रेटा टुन्वर्गलाई कलेज गएर अर्थशास्त्र पढ्न सल्लाह दिएका छन्।

टुन्वर्गले स्वीट्जरल्यान्डको डाभोसस्थित वर्ल्ड इकोनोमिक फोरममा जीवाष्म इन्धनमा गरिने लगानी घटाउन आह्वान गरेलगत्तै अमेरिकी मन्त्रीले उनलाई यस्तो सल्लाह दिएका हुन्।

‘के उनी प्रमुख अर्थशास्त्री हुन्? को हुन् उनी, म दुविधामा छु,’ मनुचिनले भनेका थिए, ‘कलेजमा गएर अर्थशास्त्र पढेपछि फर्केर उनले यी कुरा हामीलाई व्यख्या गर्न सक्छिन्।’

ट्विटरमा यसको जवाफ दिँदै टुन्वर्गले कार्बन बजेटको अवस्था बुझ्न कलेजको डिग्री आवश्यक नपर्ने बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad