ad ad

राजनीति


सरकारले साझा यातायातलाई दिएको तीन अर्ब ब्याजसहित फिर्ता लिने

सरकारले साझा यातायातलाई दिएको तीन अर्ब ब्याजसहित फिर्ता लिने

नेपालखबर
माघ ९, २०७६ बिहिबार १०:२४,

साझा यातायातले निर्धारित समयमा बस सञ्चालन गर्न नसकेपछि सरकारले सेयरमार्फत दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेयरमार्फत साझा यातायातलाई दिने भनेको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको हो।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तोकिएको समयमा बस सेवा सञ्चालन गर्न नसकेपछि दिएको रकम ब्याजसहित फिर्ता गर्ने निर्णय गरेको बताए।

सरकारले ०७६ को असार २८ र २९ निर्णय गरी साझा यातायातलाई तीन सय विद्युतीय बस खरिदका तीन अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

‘सरकारले सेयरबापत लगानी गरेको तीन अर्ब र रकम उपलब्ध गराएको मितिदेखि हालसम्मको ब्याजसहित उक्त रकम फिर्ता लिने निर्णय गरेको छ’, प्रवक्ता बाँस्कोटाले पत्रकार सम्मेलनमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .