एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेका प्रदेश सांसद दीपक मनाङे पक्राउ परेका छन्।
बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
प्रहरीले उनलाई लेकसाइडबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पु¥याइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
गुण्डागर्दीबाट राजनीतिमा प्रवेश गरी प्रदेश सांसद बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले मंगलबार गुरुङलाई कुटेका थिए।
प्रतिक्रिया