ad ad

राजनीति


समाजवादी मोर्चाको ‘सन्देश सभा’ आज पोखरामा

समाजवादी मोर्चाको ‘सन्देश सभा’ आज पोखरामा

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८० शुक्रबार ७:१७, काठमाडौँ

चार दल सम्मिलित समाजवादी मोर्चाले आज (शुक्रबार) पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दै छ।

सातै प्रदेशमा सभा गर्ने अभियानअन्तर्गत मोर्चाले आज गण्डकीमा कार्यक्रम गर्न लागेको हो।

पोखरास्थित दीपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि मोर्चाले बिहीबार सुर्खेतमा कर्णाली प्रदेशस्तरीय सभा गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार बुधबार धनगगढीमा गर्ने भनिएको सुदूरपश्चिमस्तरीय सभा भने मोर्चाले अन्तिम समयमा स्थगन गरेको थियो। अर्काे मिति तोकिसकेको छैन। 

अब मोर्चाले २३ गते बागमती प्रदेशको हेटौँडामा र २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने कार्यतालिका छ।  

मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन्। 

सन्देश सभासँगै मोर्चाले आफ्नो संगठनको प्रदेश समिति पनि गठन गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .