राजनीति


एमालेको निष्कर्ष : राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आए

अहिलेको परिस्थितिमा फेरबदल ल्याउन कोसिस गरिने
एमालेको निष्कर्ष : राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आए

एमाले सचिवालय बैठक


नेपालखबर
भदौ १३, २०८० बुधबार १८:८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पछिल्लो समय देशको राजनीतिक क्षेत्रमा अराजकता बढ्दै गएको निष्कर्ष निकालेको छ।

नेकपा (एमाले) केन्द्रीय सचिवालय विशेष बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिराहाको धनगढीमाई नगरपालिका-४, सर्रे अम्बासमा बसेर यस्तो निष्कर्ष निकालेको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जारी गरेको विज्ञप्तिमा राष्ट्रिय राजनीतिलाई अवसरवाद र अराजकताले जटिल बनाएको उल्लेख छ। 

‘पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएका छन्। समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ’, गौतमले विज्ञप्तिमा भनेका छन्, ‘यतिबेला जनताले भोग्नुपरिरहेका कष्टप्रति पार्टी गम्भीर छ। स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ।’ 

एमालेले राष्ट्रिय राजनीतिक गम्भीर रहेको स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठकले चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गरेको पनि जनाएको छ।

उक्त महाधिवेशनबाट महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए। ‘मदन भण्डारीलाई सम्झिँदै जनता तथा पार्टीबीचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ’, एमालेको वक्तव्यमा भनिएो छ, ‘यस ऐतिहासिकस्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरुको भावना र संकल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरुकै चाहनाअनुरुप विभिन्न पूर्वाधारका कामहरुलाई अगाडि बढाउने प्रण गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad