राजनीति


इटहरीका मेयर चौधरीलाई कार्वाही गर्न सांसदहरुको माग

इटहरीका मेयर चौधरीलाई कार्वाही गर्न सांसदहरुको माग

नेपालखबर
असार १३, २०७६ शुक्रबार १३:४८,

प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका मेयर चौधरीमाथि तत्काल कार्वाही गर्न सरकारसँग माग गरेका हुन्।

नेपाली कांग्रेसका कोषाध्यक्ष समेत रहेकी यादवले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी घृणित अभिव्यक्ति दिँदा पनि सरकारले कार्वाही नगरेकोमा आपत्ति जनाइन्। त्यसैगरी सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले महिलामाथि अशिष्ट र अपराध हुने गरी सार्वजनिक अभिव्यक्ति दिने मेयर चौधरीमाथि तत्काल कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।

कांग्रेस सांसद लक्ष्मी परियारले पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिने, महिलाहरुमाथि अपमान हुने गरी अभिव्यक्ति दिँदै आएका मेयर चौधरीलाई तत्काल कार्वाही गर्न सरकारलाई सचेत गराए।

यस अघि प्रतिनिधिसभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौंधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad