ad ad

राजनीति


गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुक झनै अस्थिर : कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुक झनै अस्थिर : कमल थापा

नेपालखबर
भदौ १३, २०८० बुधबार १६:१४, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई झनै अस्थिर र कमजोर बनाएको भन्दै अब विकल्प खोज्नु पर्नेमा जोड दिएका छन्।

बुधबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले देशको राष्ट्रियता कमजोर भएको, विदेशी प्रभाब र दबाब बढेको, आर्थिक क्षेत्र संकटग्रस्त हुँदै गएको बताए।

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, कठघरामा उभ्याउनु पर्ने सरकार आफैं भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले भ्रष्टाचारीहरु दण्डित हुनुको सट्टा मुलुकमा ब्रम्हलुट गर्ने प्रतिस्पर्धामा रहेको र सरकार भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत भैरहेको भन्दै आपत्ति प्रकट गरे।

नेपालमा राजा सहितको प्रजातन्त्रको मौलिक राज्यप्रणाली अहिलेको आवश्यकता भएको थापाको जिकिर थियो। धर्म, संस्कृति र पहिचानलाई मेटेर मुलुकको हित नहुने भन्दै उनले अब दुर्घटना उन्मुख मुलुक जोगाउन जनता सडकमा आउनुपर्ने आवश्यकता औँल्याए। जनता र सडक केन्द्रित भएर आन्दोलनको तयारीमा लाग्न थापाले नेता कार्यकर्तालाई निर्देशन दिए।

राप्रपा नेपाल मकवानपुर जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले राप्रपा नेपाललाई उठाउँदै बलियो शक्ति निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .