ad ad

राजनीति


किन अचानक रोकियो आज हुने भनिएको समाजवादी मोर्चाको सुदूरपश्चिम सभा?

किन अचानक रोकियो आज हुने भनिएको समाजवादी मोर्चाको सुदूरपश्चिम सभा?

फाइल तस्बिर


गोकुल जोशी
भदौ १३, २०८० बुधबार १०:३२, कञ्चनपुर

कैलालीको धनगढीमा आज (बुधबार) हुने भनिएको समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा अन्तिम समयमा स्थगन गरिएको छ। 

आज दिउँसो १ बजे हुने भनिएको समाजवादी मोर्चाको सभा रोकिएको हो। 

‘बिहान माथिबाट कार्यक्रम स्थगनको खबर आयो, अब सभा कहिले हुन्छ, निश्चित छैन’, नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले भने।

समाजवादी मोर्चाको भेला स्थगन हुनुको स्पष्ट कारण भने तल्लो तहमा सर्कुलर गरिएको छैन। एक्कासि अन्तिम समयमा भेला स्थगन भएपछि भेलाको तयारीमा जुटेका मोर्चाका नेता कार्यकर्ता झस्किएका छन्।

सुदूरपश्चिम प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी गरिरहेका थिए।

आजबाट एमसीसी परियोजना लागू गर्ने तयारी छ। मोर्चाकै एक घटक विप्लव नेतृत्वको नेकपा यसको विरोधमा उत्रिएको छ। 

त्यसैले भेलामा विप्लव नआउने भएपछि कार्यक्रम स्थगन गरिएको हुनसक्ने नेताहरुको विश्लेषण छ।

प्रधानमन्त्री दाहालको व्यस्तताका कारण भेला स्थगन भएको हुनसक्ने माओवादी केन्द्र सुदूरपश्चिमका सचिव बुढा बताउँछन्।

‘एमसीसी पनि लागू हुँदै छ, अमेरिकाबाट एमसीसीका पदाधिकारी आएका छन्’, उनले भने, ‘उहाँहरुसँग भेटघाटमा प्रधानमन्त्रीज्यू व्यस्त हुँदा भेला स्थगित भएको हुनसक्छ।’

मोर्चाले मंगलबार लुम्बिनी प्रदेशमा भेला आयोजना गरेको थियो। भोलि सुर्खेतमा पनि समाजवादी मोर्चाले कार्यक्रम गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .