ad ad

राजनीति


कार्यकर्तालाई जनार्दनको निर्देशन- उपत्यकाका सुकुम्बासीदेखि देउवा र ओलीको घरसम्म पुग्नुस्

कार्यकर्तालाई जनार्दनको निर्देशन- उपत्यकाका सुकुम्बासीदेखि देउवा र ओलीको घरसम्म पुग्नुस्

नेपालखबर
भदौ १२, २०८० मंगलबार २०:३३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी कार्यकर्तालाई सुकुम्बासीदेखि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको घरसम्म पुग्न निर्देशन दिएका छन्। 

माओवादीको तीन महिने अभियानको क्रममा एउटा घर पनि छाड्न नहुने भन्दै उनले सो निर्देशन दिएका हुन्। 

माओवादी केन्द्र ललितपुरको जिल्ला पार्टी कमिटीको विस्तारित बैठकमा बागमती प्रदेश इन्चार्ज शर्माले रुखो स्वभाव, ठाडो शैली, अरुभन्दा फरक ठान्ने सोंच र अलग भएको देखाउने चाहाना त्यागेर सहज, सरल विनम्र बन्न पनि आग्रह गरे।

‘आरतीमा जानुस, कफिसपमा जानुस, महिलाहरु कस्ता समुहमा आवद्ध छन्, युवाहरु क्लवमा छन् कि फुटसलमा छन्, अनलाइन गेमिङमा रहेको किशोरपंक्तिसंग संवाद गर्नुस मान्छे त्यस्तै ठाउँमा छन् संगठन बनाउन त्यँहि पुग्नु पर्यो,’ शर्माले भने।

‘शहरी संगठनका लागि पार्टीसंग स्पेशल नीति नरहेकाले पनि केही जटिलता छ। काठमाडौं उपत्यकामा प्रदुषण मुक्त संगठन एक साझा संगठन बन्नसक्छ, यहाँ फोहोर व्यवस्थापन संगठनको आवश्यकता हुनसक्छ,’ उनले भने, ‘टोल सुधार संगठन आवश्यक हुनसक्छ हामीसँग त्यस्ता संगठनहरु छैनन् जे आवश्यक छैनन् त्यस्ता यान्त्रिक संगठनमा मानिसहरु आवद्ध हुन चाँहदैनन्।’ 

‘पेशामै नभएकाहरूलाई पेशागत संगठनको जिम्मेवारी हामीले दिन्छौं, जनतालाई त्यसको के स्वाद, के मतलव, कसको संगठन हो, कसले किन संगठन गर्यो उनीहरुलाई चासो नै छैन। पेशा भित्रैबाट पेशागत कमिटीको नेतृत्व हुँदा देखिएको अनुहार, संघर्ष र सम्झौतामा सहयात्रा गरेको अनुहार, चिर परिचित, हेलो हाइ भइरहेको मान्छे हुँदा पो पेशाका सबै मानिसहरुको चासो हुन्छ, संगठित हुन्छन्, समस्या राख्छन्, समाधानको आशा गर्छन्, उपाय दिन्छन् त्यसैले आगामी दिनहरुमा जसले जे गर्छ उसैले त्यसको नेतृत्व पाउँछ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .