ad ad

राजनीति


एमालेले अन्य प्रतिपक्षीको मतलब गरेन : रास्वपा सांसद परियार

एमालेले अन्य प्रतिपक्षीको मतलब गरेन : रास्वपा सांसद परियार

नेपालखबर
भदौ १२, २०८० मंगलबार १८:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अन्य प्रतिपक्ष दलहरुलाई मतलव नै नगरी समिति सभापति लिएको बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले अरु पार्टीहरुलाई कुनै मतलब नै नगरी समिति सभापति लिएर गल्ती गरेको बताए।

उनले एमालेले मै लाउँ मै खाउँ भन्नेजस्तो व्यवहार गरेको बताए। उनले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताए। 

उनले संसदलाई प्रभावशालि र गतिशिल बनाउन नभइ संकुचन गराउने प्रयास भएको बताए।

‘समिति कुन नियतबाट बनाइएको छ भन्नेकुरा महत्वपूर्ण हुन्छ। यदी साँच्चिकै संसदलाई प्रभावशालि बनाउने, संसदलाई गतिशिल बनाउने हिसावमा लिएको हुन्थ्यो भने त्यो अर्कै हुन्थ्यो। यहाँ त नियत नै कस्तो छ भने त्यसलाई प्रभावकारी होइन कि संकुचन गर्ने,’ उनले भने, ‘लोकतान्त्रिक विधिलाई अपm्ठ्यारोमा पार्ने र आफ्नो स्वार्थउपर प्रयोग गर्ने देखिएको भएर हामीले नलिएको हो। समिति बाँडफाँटमा सत्तापक्षले गल्ती ग¥यो। दोस्रो कुरो प्रमुख प्रतिपक्षले अरु प्रतिपक्षी पार्टीहरुलाई कुनै मतलव नै नगरी मै खाउँ मै लाउँ जसरी ग¥यो। यो दुईवटै गल्ती भयो। सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन बाँडियो।’

उनले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भएपनि आफूहरुले नलिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .