ad ad

राजनीति


निष्ठाको राजनीतिबाट चुकेको छैन, नसके बिदा हुन्छु : कानुनमन्त्री गुरुङ

निष्ठाको राजनीतिबाट चुकेको छैन, नसके बिदा हुन्छु : कानुनमन्त्री गुरुङ

नेपालखबर
भदौ १२, २०८० मंगलबार १६:३५, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन्। 

सांसदहरूले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरु हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि सांसदहरूलाई आग्रह गरे। 

‘विचौलियो हाबी भएर विधेयकहरू आयो भन्ने माननीय सदस्यहरुको अभिव्यक्तिप्रति मेरो आपत्ति छ। धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन। भोलिका दिन पनि चुक्दैन,’ गुरुङले भने, ‘त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो। निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो।’

मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताउँदै जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने बताए।

‘सधैँ मन्त्री भइन्छ भन्ने होइन। सधैँ राजनीतिक गरिरहनु पर्छ भन्ने पनि छैन। विचौलियाकै बिरुद्ध लडेर यहाँसम्म आएको छु। सामन्तवादकै बिरुद्धमा लडेर यहाँसम्म आएको छु। तर आज यहाँ एउटा विधेयक संशोधन गर्ने क्रममा विचौलिया हाबी भयो भनेर तरबार नै गर्धनमा हान्न खोज्नु त यो अलि मिलेन कि? निवेदन गर्न चाहन्छु–मेरो पृष्ठभूमि हेरे पुग्छ। म खुला पाना हुँ, पढे हुन्छ,’ उनले भने।

मन्त्री गुरुङले आफू जिन्दगीभर विचौलिया बिरुद्ध लडेर आएको जिकिर गर्दै आफ्नो पृष्ठभूमि नियालेर हेर्न पनि सांसदहरूलाई अनुरोध गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .