ad ad

राजनीति


सरकारले खिचडीजस्तो बनाएर विधेयकहरू प्रस्तुत गर्‍यो : सांसद गौतम

सरकारले खिचडीजस्तो बनाएर विधेयकहरू प्रस्तुत गर्‍यो : सांसद गौतम

नेपालखबर
भदौ १२, २०८० मंगलबार १५:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसदमा पेश गरिएको भन्दै सरकारको आलोचना गरेका छिन्।

८१ वटा ऐनहरू आकर्षित हुने सो विधेयक सरकारले सांसदहरूलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसदमा पेश गरिएको भन्दै आलोचना गरेकी हुन्।

मंगलबार सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरूले पेस गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराइन्।

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ यसरी जस्ताको तस्तै प्रश्तुत हुनु हुँदैन भनेर मैले यही रोष्टमबाट कारणसहित भनेको थिए। यो विधेयक यसरी जस्ताको तस्तै प्रस्तुत हुनु भनेको नेपालको संसदीय इतिहासमा एउटा दुभाग्यपूर्ण त्रुटी हो,’ गौतमले भनिन्, ‘हिजो यो रोष्टमबाट मात्रै होइन। अनौपचारिक ढंगले माननीय कानूनमन्त्रीज्युसँग र वरिष्ठ नेताज्युहरू, जो अहिले प्रतिनिधि सभाका सदस्य पनि हुनुहुन्छ। उहाँहरूसँग, विभिन्न दलका प्रमुख सचेतकज्युहरूसँग, सरकारको विभिन्न साथीहरूसँग हामीले यो विषयमा पटकपटक अनौपचारिक तरिकाले यो व्यवस्थाप्रतिको प्रहार हुन्छ। यसरी प्रस्तुत नगरांै है भनेर पटकपटक अनौपचारिक छलफलहरू पनि ग¥यौं। तर त्यसको बाबजुत पनि आज यो यसरी प्रस्तुत भएको छ।’

सरकारलाई विधेयकहरू आफूले पढेर मात्रै संसदमा पेस गर्न पनि उनले सचेत गराइन्।

‘विचार गरियोस् भनिएको छ। जसमा कसैले ७९ भन्नुभएको छ। कसैले ८० भन्नुभएको छ। वास्तवमा यसलाई हामीले तलदेखि माथिसम्म ८१ वटा ऐनहरू आकर्षित गरिएको छ। ८१ वटा ऐनहरू कसरी पढेर, संशोधन गरेर यो ७२ घण्टा भित्र संशोधन प्रस्ताव दर्ता गर्ने हामीलाई थाहा छैन,’ उनले भने, ‘विभिन्न मन्त्रीजीहरूले मन्त्रालय अनुसार अलगअलग प्रस्तुत गर्नुपर्नेमा खिचडी बनाएर प्रस्तुत गरिएको छ। के सरकारलाई थाहा छैन? यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा कस्ताकस्ता मस्यौंदा राख्ने भनेर सरकारलाई थाहा छैन? थाहा छैन भने विज्ञहरूलाई बोलाएर पढौं। संसद भवनमै पढ्नुपर्छ सांसदहरूले पनि। तर यसरी यो व्यवस्थामाथि नै प्रहार हुने गरी यस्तो काम गर्न भएन।’

सांसद गौतमले ८१ वटा ऐन आकर्षित हुने विधेयक अध्ययन गरेर ७२ घण्टा भित्र सांसदहरूले संशोधन हाल्न नसक्ने पनि बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .