ad ad

राजनीति


अखिल (छैठौं) सुदूरपश्चिम प्रदेश अध्यक्षमा टंक अवस्थी चयन

अखिल (छैठौं) सुदूरपश्चिम प्रदेश अध्यक्षमा टंक अवस्थी चयन

नेपालखबर
भदौ १२, २०८० मंगलबार १५:१५, धनगढी

अखिल (छैठौं) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा डडेल्धुराका टंक अवस्थी चयन भएका छन्।

कैलालीको अत्तरियामा सम्पन्न प्रदेश भेलाले अवस्थीको अध्यक्षतामा अखिल (छैठौं) को नयाँ समिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा ज्योति राउत (कैलाली), सचिव अजय विक (कैलाली), सहसचिव विमल रोस्यारा (डेटी) र कोषाध्यक्षमा पवल विष्ट (डडेल्धुरा) चयन भएका छन्।

सदस्यहरुमा दिनेश खड्का (कैलाली) र भरत धामी (बझाङ) तथा वैकल्पिक सदस्यमा शेखर कार्की (कञ्चनपुर) र कृष्णा धामी (डोटी) चयन भएका छन्।

पाँच सदस्यीय सल्लाहकारमा विमला पन्त (दार्चुला), तेज जोशी (डोटी), राधिका जोशी (बझाङ), कृष्ण तिमिल्सेना (कैलाली) र कर्म जोशी (डडेल्धुरा) चयन भएको अखिल (छैठौं) ले जनाएको छ।

कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय कोषाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज हेमराज भट्ट, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश अध्यक्ष नन्दराज भट्ट, जनजाती नेता खडक राना, जनमोर्चा प्रदेश सदस्य विर्खराज पन्त र अखिल (छैठौं) का केन्द्रीय सदस्य अजय विकले सफलताको शुभकामना दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .