ad ad

राजनीति


प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८० मंगलबार ६:५४, काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिँदैछन्।

मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

गएको बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम निर्धारण गरेका थिए। 

आजको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीलाई सोध्ने सांसदले भदौ ८ गते नै प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा प्रश्न टिपाइसकेका छन्।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

दलहरुबीच सहमति नहुँदा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक भदौ ६ गतेदेखि नियमित बस्न थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .