नेपाली कांग्रेसका सांसद जीवन परियारले आफू कुनैपनि संसदीय समितिको सभापति नभएको जानकारी गराएका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत् उनले सो जानकारी गराएका हुन्।
कांग्रेसले प्रतिनिधिसभातर्फका ४ वटा विषयगत समितिमा आफ्ना सांसदहरूको नाम सिफारिस गरेको थियो। तर उनले आफू कुनै पनि समितिको सभापति नभएको भन्दै संसदीय सुनुवाई समिति (संयुक्त) अस्वीकार गरेका हुन्।
परियारको नाम संसदीय सुनुवाइ समिति (संयुक्त) का लागि सिफारिस भएको थियो। परियार कांग्रेसका शेखर–गगन समूहका नेता हुन्।
शेखर–गगन समूहले संस्थापन पक्षसँग दुईवटा समितिको नेतृत्तव दाबी गरेपनि देउवाले दिन मानेका थिएनन्।
कांग्रेसले पाएका अन्य तीनवटा समितिका सभापतिले भने सोमबार शपथ ग्रहण समेत गरिसकेका छन्।

204
Shares

प्रतिक्रिया