राजनीति


एमसीसी सम्झौता गरेर केही नेताले देशको निधारमा कालो टिका लगाए : झलनाथ खनाल

‘एमसीसीविरोधी अभियानमा भीम रावलले मात्र साथ दिए’
एमसीसी सम्झौता गरेर केही नेताले देशको निधारमा कालो टिका लगाए : झलनाथ खनाल

नेपालखबर
भदौ ११, २०८० सोमबार १५:५४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना नेपालका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन्। काठमाडौंमा सोमबार भएको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले एमसीसी परियोजना लागू हुँदा नेपालमा धेरै नकारात्मक असर पर्ने पनि बताए। 

‘एमसीसी सम्झौता नेपालको लागि दुर्भाग्यपूर्ण सम्झौता मात्रै होइन, नेपालका केही नेताले नेपालको निधारमा लगाएको कालो टिका पनि हो,’ खनालले भने, ‘यसले धेरै नकारात्मक असर गर्छ। नेताहरुले त्यो कुरा देख्न सकेनन्।’

एमसीसी सम्झौता भएको विषय आफूहरु कसैलाई पनि थाहा नदिएको गुनासो पनि उनले गरे। 

‘एमसीसी सम्झौता भएको कुरा हामी कसैलाई थाहा थिएन। म पनि पार्लियामेन्टमा नै थिएँ, २०१७ सालमा सम्झौता भएको रहेछ। त्यो सम्झौता पनि अर्को सरकार आएपछि सुरुमा संसदमा ल्याउनुपर्ने भन्ने पनि रहेनछ,,’ खनालले भने। 

एमसीसीको विरुद्धमा आफूले उठाएको आवाजको सबैभन्दा बलियो साथ एमाले नेता भीम रावलले दिएको उनले उल्लेख गरे।

‘जब संसदमा आउने कुरा भयो, स्वभाविक रुपमा संसद्मा आउने कुनैपनि विषयवस्तुमा अध्ययन नगरी निर्णय दिने कुरा आउँदैन। अमेरिकासँग यो सम्झौता भएको भन्ने सुन्नेबित्तिकै विशेषरुपले ध्यानाकर्षण गरेँ,’ खनालले भने, ‘मलाई राम्रोसँग साथ दिनुभएको साथी भनेको भीम रावल हुनुहुन्छ। हामीले पार्टीभित्र छलफल गर्यौं। यसका सम्झौताका बारेमा हामी छलफल गर्यौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad