ad ad

राजनीति


एकीकृत समाजवादीको युवा संघमा असन्तुष्टि : सञ्जीव राईद्वारा सदस्य-सचिवको जिम्मेवारी अस्वीकार

एकीकृत समाजवादीको युवा संघमा असन्तुष्टि : सञ्जीव राईद्वारा सदस्य-सचिवको जिम्मेवारी अस्वीकार

फाइल तस्बिर : सञ्जीव राई


नेपालखबर
भदौ ११, २०८० सोमबार ११:२५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले भ्रातृ संगठन युवा संघ नेपालको सदस्य–सचिव बनाएका सञ्जीव राईले उक्त जिम्मेवारी अस्वीकार गरेका छन्। 

एकीकृत समाजवादीको आइतबार सम्पन्न सचिवालय बैठकले राईलाई युवा संघको सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। 

तर राईले आफू उक्त जिम्मेवारीमा नरहने जानकारी गराएका हुन्। 

‘युवा संघ नेपालको भाद्र १० गते सम्पन्न सचिवालय बैठकले मलाई संगठनको सदस्य–सचिव घोषणा गरे पनि म यो जिम्मेवारीमा नरहने जानकारी गर्दछु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘साथै मप्रति श्रद्धा, माया र शुभेच्छा प्रकट गर्नुहुने सबै कमरेडहरूलाई विशेष धन्यवाद।’

पार्टी सचिवालय र संघको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ। जसमा कृष्ण विक संयोजक र नितेश पौडेल सहसंयोजक तोकिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .