ad ad

राजनीति


कृषकको छोरी हुँ, त्यही भएर कृषि समितिको सभापति रोजेँ : आरजु राणा

कृषकको छोरी हुँ, त्यही भएर कृषि समितिको सभापति रोजेँ : आरजु राणा

नेपालखबर
भदौ १०, २०८० आइतबार १८:४१, काठमाडौँ

नेपाली कांग्रेस नेतृ डा.आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती रहेको बताएकी छिन्।

आईतवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउने बताइन्।

साथै, उनले आफू कृषकको छोरी भएकाले कृषि क्षेत्रमा हुन नसकेका विषयहरुको याद भएको बताइन्। ‘म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ। त्यसलाई रेस्पोन्स गर्न हो,’ उनले भनिन्।

उनले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताइन्।

सहकारीको समस्या समाधानका लागि मसिनोसँग लाग्नुपर्ने उनको भनाइ छ।

‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ। समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई उनीहरुको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन?,’ राणाले अघि भनिन्, ‘जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरू हुन्छन्। काम गर्ने धेरै ठाउँ छ। सहकारीको अनियमितता धेरै छ। जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडि अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .