ad ad

राजनीति


डेंगु संक्रमित क्षेत्रमा गएर काठमाडौं फर्किएका खेलकुदमन्त्रीलाई डेंगु संक्रमण

डेंगु संक्रमित क्षेत्रमा गएर काठमाडौं फर्किएका खेलकुदमन्त्रीलाई डेंगु संक्रमण

नेपालखबर
भदौ १०, २०८० आइतबार ६:२९, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु सङ्क्रमण भएको छ। 

शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि शनिबार मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएका उनका स्वकीयसचिव रोशन राईले जानकारी दिए।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए। वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा.धु्रव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ। 

मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका छन्। उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएका मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .