ad ad

राजनीति


धरान घटनामा शेखर कोइरालाको आरोप– प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्त्याउने प्रयास गरे

धरान घटनामा शेखर कोइरालाको आरोप– प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्त्याउने प्रयास गरे

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०८० शनिबार १४:८, काठमाडौँ

धरानको सन्दर्भमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोष लगाउन खोजेका छन्।

जातीय तथा धार्मिक विवादले उग्र रूप लिन थालेपछि धरानमा शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरिएको छ। 

यसै विषयमा विचार राख्दै कांग्रेस नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका हुन्। 

विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको छ। परिस्थिति धार्मिक खासियत लडखडाएको छ।’

सुनसरीको धरानमा भएको घटनाले सिंगो मुलुकमा असर पार्ने कोइरालाले बताए। ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन’, उनले भने, ‘संविधानमा लेखिएका कुरा बाहिरको कदापि स्वीकार्य हुँदैन। कुनै पनि पनि प्रकारको सद्‌भाव खलबल्याउने कार्य हुनु हुँदैन।’

प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिएको भन्दै उनले रोष प्रकट गरे। ‘त्यो कत्तिको उचित हो’, उनले भने, ‘जिम्मेवार व्यक्तिबाट यस प्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .