हिमालय एक्सप्लोर हङकङका सञ्चालक हेम राईको निधन भएको छ।
लामो समयदेखि हङकङको लान्ताउ टापुमा बसोबास गर्दै आएका राई अस्वस्थ महसुस भएपछि शुक्रबार करिब ३ बजे आफैँले ट्याक्सी बोलाएर अस्पताल जाँदै थिए। उनी ट्याक्सीमै अचेत भएपछि ट्यासी चालकले एम्बुलेन्स बोलाएका थिए।
ततपश्चात् उनलाई नर्थ लान्ताउ अस्पतालमा पुर्याइएको थियो। चिकित्सकहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेट प्रयास गरे पनि बचाउन सकेनन्। चिकित्सकहरूले अटोस्पी गरेपश्चात् मृत्युको कारण खुल्ने बताएका छन्।
राईले गतवर्ष मुटुको शल्यक्रिया गरेका थिए। उनी हङकङमा एक मात्र आउटडोर एडभान्चर सर्टिफाइड कोच हुन्। उनको कम्पनीले रक क्लाइम्बिङ, एब्सिलिङ, कायाकिङ, जिप लाइन, प्याराग्लाइफिङ, क्याम्पिङ जस्ता गतिविधिहरू सञ्चालन गर्दछ।
राई नेपालमा सङ्खुवासभाका स्थायी बासिन्दा हुन्। उनका श्रीमती र तीन छोराहरू छन्। उनी सङ्खुवासभा समाज हङकङका पूर्व अध्यक्ष पनि हुन्।
Shares
प्रतिक्रिया