नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउन नहुने बताएका छन्।
बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुको प्रश्नको संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउन नहुने बताए।
यस घटनालाई लिएर नेपाली समाजलाई भड्काउने र द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताए। यस प्रकारको क्रियाकलाप कसैले गर्नु नहुने ओलीले बताए।
उनले भने, ‘यसलाई धेरै सेन्सेटिभ बनाउनु हुँदैन। यो राम्रो कुरा होइन। यो अनेक ढंगले नेपाली समाजलाई भाड्ने, भड्काउने, द्वन्द्वमा फसाउने षड्यन्त्र भइराखेको छ। यस्ता कुराहरुबाट नेपाली समाज सजग हुनुपर्दछ। यस्ता नचाहिँदा खालका क्रियाकलाप कसैले पनि गर्नुहुँदैन।’
24
Shares

प्रतिक्रिया