ad ad

राजनीति


गिरिबन्धु टी स्टेटको जग्गा छानबिन गर्न मन लागे गरे हुन्छ : केपी ओली

गिरिबन्धु टी स्टेटको जग्गा छानबिन गर्न मन लागे गरे हुन्छ : केपी ओली

संसद् भवन परिसरमा केपी ओली। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ ६, २०८० बुधबार १८:१०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए।

उनले भने, ‘गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन्। बिनाकानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौँ। जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ।’

उनले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद दिए। अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताए।

उनले भने, ‘म सरकारलाई, सत्तापक्षलाई धन्यवाद भन्छु की उहाँहरु लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो। हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो। तर यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो। यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो। अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको छ। त्यसमा सहमति भयो।’

अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरु रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .