ad ad

राजनीति


राष्ट्रसंघ महासभामा जाने प्रधानमन्त्री प्रचण्डको कार्यक्रम स्वीकृत

राष्ट्रसंघ महासभामा जाने प्रधानमन्त्री प्रचण्डको कार्यक्रम स्वीकृत

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार ११:३९, काठमाडौँ

बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क भ्रमणमा जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यक्रम स्वीकृत गरेको छ। 

मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको हो।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री आगामी भदौ ३० गते अमेरिका जाने भएका हुन्।

उनले आफू भदौ ३० अर्थात सेप्टेम्बर १६ तारिखमा अमेरिका गएर असोज ४ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने  छन्। त्यसपछि उनी असोज ५ गते बेलुका न्यूयोर्कबाट चीनका लागि उड्ने तालिका छ। असोज ६ र ७ गते त्यहाँ उच्च राजनीतिक भेटघाट हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .