ad ad

राजनीति


सभामुख र प्रधानमन्त्री व्यस्त हुने भएपछि संसद् बैठक सारियो

सभामुख र प्रधानमन्त्री व्यस्त हुने भएपछि संसद् बैठक सारियो

नेपालखबर
भदौ ५, २०८० मंगलबार १५:९, काठमाडौँ

मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिभसा बैठक सरेको छ। सभामुखको सचिवालयले  बैठक भोलि बिहान ११ बजेसम्मका लागि सरेको हो। 

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेताहरूले भोलि बिहानसम्मका लागि बैठक स्थगित गर्ने सहमति गरेका हुन्। 

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार सभामुख र प्रधानमन्त्री व्यस्त हुने भएपछि आजको बैठक सरेको हो। 

‘आज ४ बजे नै प्रधानन्यायाधीशको शपथ ग्रहणमा प्रधानमन्त्री र सभामुख पनि जानपर्ने भएकाले आजको बैठक स्थगित गर्ने सहमति भएको हो,’ उनले भने।

उनका अनुसार प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली पनि बिरामी छन्। 

‘केपी ओली पनि सामान्य ज्वरो आएको कारणले आराम गरिरहनुभएको छ। समय व्यवस्थापन गर्न गाह्रो भयो आज सदन चल्दैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .