सरकार नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देशसभा गर्ने भएको छ।
आज बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय (आलोकनगर) मा बसेको मोर्चाको बैठकले आगामी भदौ ८ देखि प्रदेशस्तरीय सन्देश सभा गर्ने निर्णय गरेको हो।
एकीकृत समाजवादीका नेता प्रमेश हमालका अनुसार भदाै ८ गते वीरगन्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभा आयोजना गरिनेछ।
यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटनगरमा सभा आयोजना गरिने बताइएको छ।
समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्।
उनीहरूले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए।
Shares
प्रतिक्रिया