ad ad

राजनीति


ट्रम्पले भनेः सी र म एकअर्कालाई मन पराउँछौँ

ट्रम्पले भनेः सी र म एकअर्कालाई मन पराउँछौँ

नेपालखबर
माघ ७, २०७६ मंगलबार १३:१४,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग आफ्नो सम्बन्ध एकदमै राम्रो भएको दाबी गरेका छन्।

स्वीट्जरल्यान्डमा वार्षिक रुपमा हुने ५० औँ वर्ल्ड इकोनोमिक फोरममा ‘किनोट स्पिच’ दिँदै ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आफ्नो विशेष सम्बन्ध रहेको बताए।

‘चीनसँग हाम्रो सम्बन्ध यति राम्रो कहिल्यै थिएन। राष्ट्रपति सीसँग मेरो सम्बन्ध असाधारण छ। उनी चीनका लागि काम गर्छन्, म अमेरिकाका लागि। तर त्यसबाहेक हामी एकअर्कालाई मन पराउँछौँ,’ उनले भने।

आफ्नो भाषणमा ट्रम्पले अमेरिकी अर्थतन्त्र वृद्धि भइरहेको बताए।

जलवायु परिवर्तनसम्बन्धी अभियन्ता ग्रेटा टुनवर्गतर्फ लक्षित गर्दै ‘प्रलयका सन्देशवाहक’को भनाइमा विश्वास नगर्न पनि आग्रह गरे।

यसपटकको फोरम दिगोपनमा केन्द्रित छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .