ad ad

राजनीति


जसपा अध्यक्ष उपेन्द्र यादव पनि गएनन् सर्वदलीय बैठकमा

जसपा अध्यक्ष उपेन्द्र यादव पनि गएनन् सर्वदलीय बैठकमा

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार १३:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि अनुपस्थित भएका छन्।

प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिलाई बोलाइएको थियो।

तर गत साउन १० गतेदेखि अवरुद्ध संसद् खुलाउन डाकिएको बैठकमा आफू नगएर ‌ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई पठाएका थिए।

उता जसपा अध्यक्ष यादवले आफू पनि बैठकमा सहभागी नभएर अन्य नेतालाई पनि नपठाएका हुन्।

आइतबार नै दिउँसो पार्टी कार्यकारिणी समितिको बैठक बस्ने गरी एक सातअघि नै समय निर्धारण भइसकेकाले अध्यक्ष यादव सिंहदरबार नगएको एक नेताले  बताएका छन्। 

साताअघि नै निर्धारित कार्यकारिणी समितिको बैठकको तयारी गर्नुपरेकाले अध्यक्ष यादवसहित अन्य नेताहरु पनि सर्वदलीय बैठकमा नभएको ती नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .