विवेकशील नेपालीको नीति सम्मेलन रोल्पाको सदरमुकाम लिवाङमा सुरु भएको छ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनले पार्टीको विधान, नीति पारित गर्दै आगामी रणनीति तय गर्नेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले विप्लव नेकपाका नेता कुमार पौडेललाई सरकारले गिरफ्तार गरेर हत्या गरेको भन्दै आलोचना गरेका थिए।
उनले सो कार्यक्रमले पार्टीलाई आवश्यक पर्ने नीति, रणनीति तथा विधान यस सम्मेलनले तय गर्ने विश्वास ब्यक्त गरे।
कार्यक्रमको औचित्य बारे प्रदेश ५ का संयोजक शिव प्रसाद थापाले प्रष्ट पारेका थिए भने विभिन्न राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधिहरुले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।
सम्मेलनको पहिलो दिन सहभागीहरूले हातमा नेपालको झन्डा बोकी वाणिज्य संघको सभाहलबाट सुरु गरी सहरको प्रभातफेरि गरेका थिए। सबै सहभागीहरूले लिवाङको टुँडिखेलमा गोलो घेरा बनाई राष्ट्रिय गान गाएका थिए। त्यसपछि प्रभातफेरि वाणिज्य संघको सभाहलमा नै पुगी समापन भएको थियो।

प्रतिक्रिया