राजनीति


मैले पार्टी छाड्ने कुरा हल्ला मात्रै होः मुमाराम खनाल

मैले पार्टी छाड्ने कुरा हल्ला मात्रै होः मुमाराम खनाल

नेपालखबर
असार १३, २०७६ शुक्रबार ११:३६,

 साझा विवेकशील पार्टीका नेता मुमाराम खनलालले आफूले पार्टी छाड्न लागेको कुरा हल्ला मात्रै भएको बताएका छन्।

सामाजिक सञ्जालमा आफूले पार्टी छाड्न लागेको भन्ने टिप्पणीहरु आएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले त्यसको खण्डन गरेका हुन्।

‘सामाजिक सञ्जालमा मैले साझा पार्टी छोड्न लागेको आशयका टिप्पणीहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘ त्यसप्रकारका टिप्पणीहरुमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’

आफू कामको चाममा रहेको र केही समयका लागि बिदा बस्नका लागि केन्द्रीय समितिमा गरेको प्रस्ताव खारेज भइसकेका कारण आफू पार्टीमा सक्रिय रुपमा लागिरहेको बताएका छन्।

‘केही कामहरुको चाप र समस्याहरुले गर्दा मैले केही महिना बिदा बस्न सकिन्छ कि भनेर केन्द्रीय समिति समक्ष प्रस्ताव गरेको थिएँ। तर अहिले विदामा बस्दा पार्टीको कामलाई असर पर्ने देखिएकोले उक्त प्रस्ताव खारेज भइसकेको छ। कसैमा पनि भ्रम नपरोस्’, उनले फेसबुकमा लेखेका छन्, ‘म पहिलेभन्दा पनि अझ सक्रियताका साथ पार्टीका गतिविधिमा खटिरहनेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad