संसद्मा जारी अवरोध हटाउने विषयमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भइरहेको छ।
प्रधानमन्त्री र सभामुखबीच केही बेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको हो।
६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गर्दा संसद् बैठक सञ्चालन हुन सकेको छैन।
अहिले सुन प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ।
अवरुद्ध संसद् खुलाउने विषयमा प्रधानमन्त्रीले पनि दलहरूसँगको संवादलाई तीव्रता दिइरहेका छन्।
33
Shares
प्रतिक्रिया