ad ad

राजनीति


सरकारले आयोग नबनाएर एक क्वीन्टल सुन ६० किलोमा झार्‍यो : ओली

सरकारले आयोग नबनाएर एक क्वीन्टल सुन ६० किलोमा झार्‍यो : ओली

नेपालखबर
साउन ३१, २०८० बुधबार २०:५२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताएका छन्।

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताए।

उनले बैंक र उद्योगीहरुबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताए। ओलीले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताए।

उनले भने, ‘बैंकहरुले पनि आफूले सुधार गर्नुपर्ने देखियो। बैंक साउजी मात्रै होइन। उद्योगीहरुको सहयोगी हो। उद्योगी भनेको आसामी मात्रै होइन। उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने थिएन। उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाई दिएको छ। बैंकले आफूलाई मात्रै हेर्ने होइन अफ्ठ्यारोमा परेका उद्योगीहरुलाई ऋण तिर्न सक्दिन भन्ने अवस्थामा पुगेको उद्योगलाई थप ऋण दिएर ऋण तिर्नसक्ने अवस्थामा पुर्याउनु पर्छ। त्यसका निम्ति सरकारले नीतिगत र व्यवहारिक रुपमा सहजिकरण गर्ने काम गर्नुपर्छ।’

उनले पुष्पकमल दाहाल नेतृत्वको सरकार उद्योगी व्यवसायीहरुको लागि असहयोगी भएको दाबी उल्लेख गरे। उद्योग बन्द हुँदा व्यवसायीहरु अफ्ठ्यारोमा पर्दा सरकारले ध्यान नदिएको ओलीको भनाई थियो।

उनले अहिलेको समयमा उद्योगी व्यवसायी समस्यामा परेकाले ऋण तिर्ने समय बढाएर सरकारले सहजीकरण गर्नुपर्ने बताए। उनले उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाइदिएको बताए।

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताए। उ

नले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता भनेको सयबाट ६१ मा झार्नु रहेको बताए। उनले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको बताए। सरकारले अरु अनेक आइटममा समेत चोरी पैठारी भइरहेको बताए। सुन कुबाटोबाट भनै धेरै बगिरहेको बताए।

अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानी कर्ताको खोजि हुन नसकेको बताए। उनले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको बताए।

उनले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ? भन्ने प्रश्न गरेको बताए। उनले प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .