ad ad

राजनीति


एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक पनि स्थगित

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक पनि स्थगित

नेपालखबर
साउन २६, २०८० शुक्रबार १३:५३, काठमाडौँ

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि शुक्रवार बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ।

बैठकको सुरुमै एमालेका सांसदहरुले अवरोध गरेपछि सत्तापक्षका सांसदहरुले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए।

एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरुले त्यसलाई अवरोध गर्ने रणनीतिका साथ उठेर विरोध गरेका थिए।

सत्तापक्षमा सांसदहरुले उठेपछि एमालेका सांसदहरुले वेल घेराउ गर्दै सरकार र सत्तापक्षबिरुद्ध नाराबाजी गरेका छन्।

एमालेका सांसदहरुले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। यही साउन २९ गते सोमवार दिनको एक बजे बस्नेगरी बैठक स्थगित गरिएको हो।

यसअघि राष्ट्रिय सभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .