ad ad

राजनीति


कांग्रेसले भन्यो- सुनिल शर्माको पक्राउबारे आधिकारिक जानकारी लिँदैछौं

कांग्रेसले भन्यो- सुनिल शर्माको पक्राउबारे आधिकारिक जानकारी लिँदैछौं

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक


नेपालखबर
साउन २५, २०८० बिहिबार १९:१७, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताएका छन्। 

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको बताए। किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीको धारणा बनाउने पनि उनले बताए। 

‘सुनिल शर्मालाई पक्राउ गरेको बारेमा हामीलाई भर्खर जानकारी भएको छ। के कारणले, किन उहाँलाई पक्राउ गरेको भन्ने बारेमा जानकारी लिइरहेका छौँ,’ उनले भने, ‘त्यसपछि के का लागि र किन पक्राउ गरेको भन्नेकुरा थाहा पाएपछि यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्नेछौँ।’

संसद् चलिरहेको बेलामा कुनैपनि पक्राउ गरेमा तत्काल त्यसको जानकारी सम्बन्धित संसदमा जानकारी गराउनुपर्ने र त्यसबारेमा पनि सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्नेबारेमा जानकारी लिने काम गरिरहेको उनले बताए। 

‘संसद चलिरहेको बेलामा कुनैपनि माननीय सदस्यलाई पक्राउ ग¥यो भने तत्काल त्यसको जानकारी जुन हाउसको उहाँ सदस्य हो त्यसको जानकारी सभामुखलाई दिनुपर्ने हुन्छ, सभामुखलाई त्यसको जानकारी दिएको छ की छैन, त्यो पनि बुझिरहेका छौँ,’ उनले भने।

उनले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइएपनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन्? के छानबिन गर्ने कुरा हो? यसमा आधिकारिक जानकारी लिएपछि मात्रै कांग्रेसले आफ्नो धारणा बनाउने बताए।

‘जानकारी दिँदा के मुद्दा, किन र कसरी पक्राउ गरेको भन्ने आएपछि हामी बोल्नेछौँ। हाउस चलिरहेको बेलामा देवानी मुद्दामा पक्राउ गर्न पाइँदैन, सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइने हो,’ सांसद शर्माले भने, ‘कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन्? के छानबिन गर्ने कुरा हो? यसमा आधिकारिक जानकारी लिनेछौँ।’

प्रमुख सचेतक लेखकले काँग्रेस संसदीय दलको कार्य सम्पादन समितिको बैठकले शुक्रवार बस्ने संसदीय दलको बैठकबारे एजेण्डाहरू तय गर्नुका साथै त्यसको पूर्व तयारीको बारेमा छलफल भएको बताए। 

कांग्रेस सदनको अवरोध चाँडो भन्दा चाँडो हट्नुपर्छ भन्ने पक्षमा रहेको पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .