राजनीति


प्रचण्डभन्दा अगाडि चीन भ्रमणमा गए माओवादी केन्द्रका महासचिव गुरुङ

प्रचण्डभन्दा अगाडि चीन भ्रमणमा गए माओवादी केन्द्रका महासचिव गुरुङ

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८० बिहिबार १६:४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ चीन भ्रमणमा गएका छन्। 

उनी बिहीबार चीनको बेइजिङ प्रस्थान गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणअघि माओवादी केन्द्रबाट महासचिव गुरुङ चीन गएका हुन्।

उनी पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारीका लागि बेइजिङ गएका हुन्। यद्यपी उनको भ्रमणलाई पारिवारिक भएको बताइएको छ। 

प्रधानमन्त्री  प्रचण्ड पनि आगामी ५ असोज (२३ सेप्टेम्बर) देखि चीनको हान्चाओमा उद्घाटन हुने सन् २०२३ को संस्करणको एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुनेगरी चीन भ्रमणको तयारीमा छन्।

गुरुङ आज चीनको सियान पुग्नेछन्। स्रोतका अनुसार उनी भदौ १ गते नेपाल फर्कने कार्यक्रम छ। 

एकैपटकमा क्युबादेखि अमेरिका र चीनको भ्रमण गर्ने प्रधानमन्त्री प्रचण्डको योजना

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .