ad ad

राजनीति


रास्वपाद्वारा संसद भवनबाहिर संसदको अभ्यास

रास्वपाद्वारा संसद भवनबाहिर संसदको अभ्यास

नेपालखबर
साउन २४, २०८० बुधबार १७:२३, काठमाडौँ

संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि रास्वपाले संसद भवन अगाडि पार्टीका सांसदहरु भेला भइ संसदको अभ्यास प्रस्तुत गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसदमा मंगलवार सुन तस्करी प्रकरणबारे दिएको अभिव्यक्ति चित्तबुझ्दो नरहेको बताए। उनले राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआईबीलाई दिन कुन कानूनले दियो? भन्दै प्रश्न समेत गरे।

उनले सुन तस्करी प्रकरणमा विभिन्न ठूला व्यक्ति र निकायहरुको संलग्नता रहेको दाबी गरे। उनले विमानस्थलबाट पास हुनुले सुरक्षा निकाय र भन्सार विभागको मिलेमतो छैन भनेर सन्तुष्ट हुन नसकिने बताए। उनले भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूर्ण हुन नसक्ने बताए। उनले सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबबाट आएको कल रिपोर्ट सार्वजनकि गर्न माग गरे।

उनले भने, ‘यति ठूलो तस्करीमा उच्च भन्दा उच्च तहको संलग्नता छ भन्नेकुरा कहीँ कतै कसैसामु लुकेको छैन। अहिले अनुसन्धान गरिरहरँदा अहिले बहाल रहेको सचिव स्तरका हुन् वा प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरुको कुनै न कुनै संलग्नता छ की छैन भन्नेकुरा शंकाको विषय भयो। भन्सारको होल सेटबाहेक केही मानिसलाई मात्र हटाएर यो अनुसन्धान अघि बढाउँदा यो अनुसन्धानमा कतिको न्याय होला। फोरेन्सिक ल्याबबाट आएको रिपोर्ट आम नेपाली जनताले हेर्न पाउनुपर्छ, त्यो जस्ताको त्यस्तै सार्वजनिक गरियोस्।’

त्यस्तै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक पार्टीका आफ्ना स्वार्थका कारण संसद चल्न नसकेको बताए। उनले राजनीतिमा रजाईं गरिरहेका सत्तासिन दलहरुका कारण नै संसद बन्धक बनेको बताए। प्रमुख सचेतक परियारले अहिलेका राजनीतिकहरुले नै लोकतन्त्रमाथि धोका दिइरहेको बताए।

पार्टीकी सांसद सुमना श्रेष्ठले समाज विभाजनको बाटोमा लगेर राजनीति नचल्ने बताइन्। उनले सामाजिक आक्रोश कम गरेर अघि बढ्न आवश्यक रहेको बताइन्।
सांसद श्रेष्ठले जनतालाई भोटिङ बैंक मात्रै सम्झने कुरा गलत भएको बताइन्।

उनले भनिन्, ‘जनता भोटिङ बैंक मात्रै हुँदै होइनन्। भोट बैंक सुरक्षित गर्न कसरी हुन्छ विवादित गरिरहने, हुँदै नभएको कुरा भनिदिने। जहिले पनि विभाजनको बाटोमा लागेर राजनीति चल्दैन। अब समाजलाई जोड्नुपर्छ। संवेदनशील हुनुपर्छ। सामाजिक आक्रोश कम गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .