ad ad

राजनीति


राष्ट्रिय सभामा एमाले र सत्तापक्षका सांसदबीच भनाभन, कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित

राष्ट्रिय सभामा एमाले र सत्तापक्षका सांसदबीच भनाभन, कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित

फाइल फोटो


नेपालखबर
साउन २४, २०८० बुधबार १५:५९, काठमाडौँ

नेकपा एमालेको अवरोधका कारण बुधबार पनि राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरूले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको हो।

बैठकमा एमाले सांसद बिमला घिमिरेले सुन प्रकरणमा सरकारको छानबिन समितिले अनुसन्धानलाई निष्कर्षमा पुराउन नसक्ने भएकाले उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरिन्।

सांसद घिमिरेले सत्तापक्षकै सांसदले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको र अनसन बस्छु भनेर बोलेको बताइन्। त्यसबारे कांग्रेस सांसद रमेशजंग रायमाझीले आपत्ति जनाए।

रायमाझीले बोल्दै नबोलेको कुरालाई प्रतिपक्षीले आरोप लगाएको भन्दै रेकर्ड खोलेर हेर्न माग गरे।

वादविवादबीच एमाले सांसदले उठेर विरोध जनाएपछि सत्ता पक्षका सांसदले सहजरुपमा सभा सञ्चालन हुनुपर्ने र सबैले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए।

सत्तापक्ष र प्रतिपक्षी सांसदबीच वाद–प्रतिवाद र एमाले सांसदको अवरोधलाई निरन्तरता दिएपछि अध्यक्ष गणेश तिमिल्सनाले राष्ट्रियसभाको अर्को बैठक साउन २६ गतेसम्मका लागि स्थगित गरेको जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .