ad ad

राजनीति


सुन तस्करीबारे संसद्‌मा गृहमन्त्रीको जवाफ सुन्न एमाले तयार

सुन तस्करीबारे संसद्‌मा गृहमन्त्रीको जवाफ सुन्न एमाले तयार

नेपालखबर
साउन २३, २०८० मंगलबार १४:५३, काठमाडौँ

नेकपा एमालेले पटक पटक अवरुद्ध गरेको संसद् बैठक मंगलबार सुचारु हुने भएको छ। त्रिभुवन विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न एमाले तयार भएसँगै प्रतिनिधिसभा बैठक सञ्चालन हुने भएको हो। 

एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गदै आएको छ। 

मंगलबार बिहान बसेको प्रमुख तीन दलको तेस्रो चरणको बैठकमा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुन तस्करी सम्बन्धि जवाफ सुन्न तयार भएको हो। 

गृहमन्त्रीलाई सो सम्बन्धि जवाफ दिन र सांसदहरुले पनि आ–आफना निर्वाचन क्षेत्रका समस्या राख्नका लागि आजको बैठक सूचारु गराउन आफूहरु तयार भएको एमालेका सचेतक महेश बर्ताैलाले जानकारी दिए।

‘सरकार आफ्नो अडानमा रह्यो। उच्चस्तरीय छानविन समिति बनाउछु भन्ने कुरामा ऊ अहिलेसम्म तयार नभएको अवस्था हुँदाहुँदै पनि आज आज गृहमन्त्रीज्यूले केही विषय बताउँछु भनेपछि गृहमन्त्रीज्यूको पनि जवाफ सुन्छौं,’ सचेतक बर्तौताले भने, 

उनले गृहमन्त्रीको जवाफमा सो तस्करी छानविनका लागि उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिवद्धता नआए आफूहरुले संसदमा फेरी कुरा उठाउने पनि एमालेले बताएको छ। 

‘सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्छु भन्यो भने हामी ताली ठोकेर त्यसलाई समर्थन गर्छौं अगाडि जान्छ,’ उनले भने, ‘यदि त्यसो भएन भने तर सरकारको त्यो प्रतिवद्धता आएन भने हामी उठेर तस्करको संरक्षण गर्ने सरकारको रवैयाको विरोध गर्छौं। उच्चस्तरीय छानविन समिति निर्माण हामी संसदमार्फत आज पनि गर्नेछौं।’

बैठकमा एमालेले भने सरकारले आफ्नो पार्टीलाई गलाउने र प्रतिपक्षबीचनै फाटो ल्याउने नीति लिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .