ad ad

राजनीति


संसद् खुलाउन प्रधानमन्त्रीको प्रयास, बालुवाटारमा तीन दलको बैठक

संसद् खुलाउन प्रधानमन्त्रीको प्रयास, बालुवाटारमा तीन दलको बैठक

नेपालखबर
साउन २३, २०८० मंगलबार ११:३४, काठमाडौँ

अवरुद्ध संसद् बैठक सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर प्रयास गरिरहेका छन्। 

यस क्रममा अहिले पनि प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक बसिरहेको छ। 

जारी बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतक सहभागी छन्।

सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले हरेक प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .