राजनीति


माओवादी बैठकमा प्रचण्डले भने- मार्क्स एंगेल्सको पालाजस्तो छैन, पुरानो तरिका त्यागौं

वैद्य र बाबुरामको भन्दा आफूहरूको बाटो सही भएको दाबी
माओवादी बैठकमा प्रचण्डले भने- मार्क्स एंगेल्सको पालाजस्तो छैन, पुरानो तरिका त्यागौं

आइतबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्ड (तस्बिर : प्रदीपराज वन्त)


नेपालखबर
साउन २१, २०८० आइतबार १६:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व कम्युनिस्ट आन्दोलन शास्त्रीय कम्युनिस्टहरूको जस्तो तरिकाबाट अघि बढ्न नसकेको बताएका छन्। 

आइतबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अहिलेको कम्युनिस्ट आन्दोलन माक्र्स एंगेल्सको पालामा जस्तो नभएको दाबी गरे। 

‘अध्यक्षले अहिले विश्व कम्युनिस्ट आन्दोलन अहिले मार्क्स एंगेल्सको पालाको जस्तो छैन। त्यतिबेला जस्तो ध्रुवीकरण हुने बेला छैन,’ बैठकमा अध्यक्ष प्रचण्डले राखेको भनाई उदृत गर्दै एक सदस्यले नेपालखबरसँग भने, ‘अहिले ग्लोबलाइजेसनको जमान छ, सूचना प्रविधिको चरम विकास भएको अवस्था छ। यो बेलामा माक्र्सवादको चरम खोजी हामीले गरिरहेका छौं। पुरानो तरिकाले त्यो भेटिन्नँ।’

साथै, उनले मोहन वैद्य र डा. बाबुराम भट्टराईले लिएको बाटोभन्दा तुलनात्मक रुपमा आफूहरूको बाटो उत्कृष्ट भएको बैठकमा बताए। 

‘पुरानै तरिकाले, शास्त्रीय कम्युनिस्टको तरिकाले त्यो भेटिन्नँ। वैद्यजीले जसरी पुरानै कुरा उठाइराख्नुभएको छ त्यसरी पनि भएन,’ उनले भने, ‘कम्युनिस्टको काम छैन भनेर हिँडेका बाबुराम पनि सफल हुनुभएन। त्यसकारण जे हामीले गरिराखेका छौं त्यो तुलनात्मक रुपमा ठिक छ र त्यसैलाई रुपान्तरणसहित अघि बढ्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .