प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै गरेको भारत भ्रमणमा गरेका सम्झौताबारे कुनै जानकारी नदिएको आरोप लगाएका छन्।
नेकपा एमाले परराष्ट्र मामिला विभागले शनिबार आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा एमालेको धारणा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कुन–कुन सम्झौता गरे, नेपाल फर्केर जानकारी नगराएको तर जे जे गर्नुपर्ने हो, त्यो नगरेको टिप्पणी गरे।
‘अहिलेका प्रधानमन्त्री भर्खर भारत गएर आउनुभयो, कुन–कुन सम्झौता गर्नुहुन्छ, यहाँ केही पनि भन्नुभएन’, अध्यक्ष ओलीले भने, ‘जे–जे गर्नुपर्ने हो, त्यो केही पनि गर्नुभएन।’
उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ईपीजी प्रतिवेदनका विषयमा कुरा नउठाएको, सीमा अतिक्रमणको विषय नटुंग्याएको टिप्पणी गरे।
‘यस्ता थुप्रै विषय छन्, नेपाली आवश्यकता र नेपालको हितको कुराहरू छन्, त्यसमा कुनै पनि पहल भएन’, ओलीले भने, ‘यति कमजोरी देखाइयो कि उहाँको भ्रमण सत्ता स्वार्थप्रधान भयो, राष्ट्रिय हितप्रधान भएन।’
Shares

प्रतिक्रिया