ad ad

राजनीति


एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

नेपालखबर
साउन १९, २०८० शुक्रबार १०:५८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक बिहान ८ बजे पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो। 

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

आगामी भदौ ५, ६ र ७ गतेका लागि काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ। 

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। पोलिटब्युरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .