राजनीति


वडासम्मै पुग्नेगरी ‘जनतासँग पार्टी’ अभियान चलाउने प्रचण्डको प्रस्ताव

हरेक नेता-कार्यकर्ताले जनताको घरदैलोमा पुग्नुपर्ने
वडासम्मै पुग्नेगरी ‘जनतासँग पार्टी’ अभियान चलाउने प्रचण्डको प्रस्ताव

माओवादी अध्यक्ष प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
साउन १७, २०८० बुधबार १५:१४, काठमाडौँ

नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग पार्टी’ अभियान नाम दिएर संगठन विस्तारको कार्यक्रम अघि सारेका छन्।

बुधबारदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले पार्टीका सबै तहका नेताहरू जनताको घरदैलोमै बिताउने प्रस्ताव राखेका हुन्। 

प्रचण्डको यो प्रस्ताव पदाधिकारी र स्थायी समितिको बैठकबाट पारित भएर अनुमोदनका लागि केन्द्रीय समितिमा पेस भएको हो।

‘जनतासँग पार्टी’ अभियान ३ महिनाको हुनेछ।

सिंहदरबार, बालुवाटार, प्रदेश सदरमुकामदेखि सामान्य वडा र पालिकासम्मका नेता कार्यकर्तालाई यो अभियानमा जोड्ने योजना रहेको उनले बताए।

‘पद र प्रतिष्ठाका लागि जेसुकै पनि गर्ने, अपारदर्शी जीवनशैली जिउने जस्ता प्रवृति बढेको भन्दै प्रचण्डले जनतातिर फर्कनुपर्ने प्रस्ताव गरेका हुन्।

उक्त अभियानअन्तर्गत पार्टी र जनस्तरसम्म गणतन्त्रका उपलब्धि प्रचारप्रसार गर्ने, सूचना प्रविधिको विकास र समाजवादी आन्दोलनमा त्यसले पार्ने प्रभावका विषयमा छलफल, डिजिटल प्लेटफर्म आईटी तालिमलगायत कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। 

माओवादीले तीन महिने अभियान अन्तर्गत वडालाई आधार बनाएर प्रशिक्षण सञ्चालन गर्ने तथा सरकार र पार्टीप्रतिका गुनासो र सुझाव संकलन गर्ने जनाएको छ।  

मंसिरमा हुने विधान अधिवेसनसम्म संगठन र त्यसपछि विशेष महाधिवेशनसम्म नयाँ वैचारिक बहस सुरु गरेर जाने प्रचण्डले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .