ad ad

राजनीति


सुवास कर्माचार्यसहित सिन्धुपाल्चोक समाजवादीका नेताहरू एमालेमा फर्कने तयारी

सुवास कर्माचार्यसहित सिन्धुपाल्चोक समाजवादीका नेताहरू एमालेमा फर्कने तयारी

नेपालखबर
साउन १६, २०८० मंगलबार २०:२४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्यसहितका नेताहरू नेकपा एमालेमा फर्कने तयारी गरेका छन्।

आगामी साउन २० गते महासचिव शंकर पोखरेलको उपस्थितिमा कर्माचार्यसहित जिल्लाका प्रभावशाली नेताहरू एमाले फर्कने तयारी गरेका हुन्। 

यद्यपि उनीहरूले औपचारिक निर्णय भने लिइसकेका छैनन्। ‘हामी सल्लाह गर्दैछौं। औपचारिक निर्णय त भएको छैन, तर तयारी चाहीँ भइरहेको छ,’ कर्माचार्यले मंगलबार साँझ नेपालखबरसँग भने।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममार्फत् उनीहरू एमाले फर्कन लागेका हुन्। 

सिन्धुपाल्चोकका पूर्वसांसद समेत रहेका कर्माचार्यसहित नेता गम्भीरलाल श्रेष्ठ, शिवराम भट्टराई, उपेन्द्र यादव, दीपक नेपाल लगायत एमाले फर्कने तयारीमा लागेका हुन्। 

उनका अनुसार सामूहिक रूपमा नै राजीनामा गरेर एमाले फर्कने तयारी भइरहेको हो। ‘हामी सामूहिक रुपमा नै निर्णय गर्न लागेका कारणले त्यसको तयारी भइरहेको छ,’ कर्माचार्यले भने।

कर्माचार्यले एमालेमा गरिएको विद्रोहको औचित्य पुष्टि हुन नसकेको पनि बताए। ‘हामी राजनीतिक मान्छे हौं, हामीले गर्ने निर्णयहरू राजनीतिक हुने गर्छन्,’ उनले अघि भने,‘जुन उद्देश्य र औचित्यका लागि हामीले विद्रोह गरेका थियौं, त्यो पुष्टि हुने परिस्थिति बनेन।’

कर्माचार्य सिन्धुपाल्चोकमा एमालेका स्थापित नेता हुन्। उनी २०३७ सालदेखि नै वाम आन्दोलनमा लागेका थिए।

उनले ८ वर्ष एमाले सिन्धुपाल्चोकको नेतृत्व पनि सम्हालिसकेका छन्।

एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत मनोनित नभएपछि असन्तुष्ट भएका उनले पार्टीमा विद्रोह गर्दै राजीनामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .