ad ad

राजनीति


सामाखुशी घटनाबारे संसदीय समितिमा बहस : काठमाडौंका ढल सुरक्षित बनाउन माग

सामाखुशी घटनाबारे संसदीय समितिमा बहस :  काठमाडौंका ढल सुरक्षित बनाउन माग

फाइल फोटो


नेपालखबर
साउन १६, २०८० मंगलबार १६:४३, काठमाडौँ

सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा नै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन्।

मंगलवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ढल व्यवस्थापनको चुनौति रहेको बताएका हुन्। उनीहरुले मुख्य सडकमा नै खोला र ढलहरु जोडिएको साना बालबालिकाहरु बगाउने समस्या सिर्जना भइरहेको बताए।

साउन ७ गते काठमाडौंको रानीवनस्थित सामाखुशी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका विधान आलेमगर बेपत्ता भएको घटनालाई लिएर सांसदहरुले फेरि यस्ता घटना हुन नदिन सचेत गराए। बैठकमा बोल्दै नेपाली का‌ग्रेसकी सांसद प्रतिमा गौतमले भारी वर्षा हुने बित्तिकै काठमाडौंका सडकहरुमा जाम हुने, अस्तव्यस्त हुने र सडकमा नै खोला बग्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताइन्।

उनले भनिन्, ‘भारी वर्षा हुने बित्तिकै काठमाडौंका सडकहरु जाम हुने, काठमाडौं अस्तव्यस्त हुन्छ। सडकमै खोला बग्ने अवस्था भएकाले यो समस्या आएको हो। मुलमुल सडकमै खोला बग्छ। त्यसको व्यवस्थापन गर्नु पर्यो।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले काठमाडौंका सडक छेउमा बहने नदीहरुमा तत्काल ढल गाढेर सुरक्षित गर्नुपर्ने बताए। उनले काठमाडौंका यस्ता समस्याहरुको दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताए।

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरु सफा गर्नुपर्ने अभियान चलाउन आवश्यक रहेको बताइन्। उनले सडक निर्माणमा दीर्घकालीन योजना बन्न नसकेको बताइन्।

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद ऐनबहादुर शाही ठकुरीले सामाखुशीको बाढीमा परी बेपत्ता भएका बालकको खोजि कार्य तिब्र बनाउनुपर्ने बताए। उनले आगामी दिनमा यस किसिमका घटना हुन नदिन विपद्पूर्व तयारी गर्नुपर्ने बताए।

उनले भने, ‘सामाखुशीमा केही दिनअघि मात्रै विधान आलेमगर बेपत्ता हुनुभयो, त्यसका लागि आज ९ दिन भइसक्दासमेत उहाँको अवस्था जानकारी भइरहेको छैन, यसलाई अझै खोजि कार्य बढाउनुपर्छ। अब यस्ता घटना नदोहोरिउन्, यस्तो बेलामा सबै विपद्पूर्व तयारी होस्।’

सांसद ठकुरीले काठमाडौंको ढल व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .