राजनीति


सुन तस्करीको अनुसन्धान रोकिँदैन, निष्कर्षमा पुर्‍याएर छाड्छौँ : प्रधानमन्त्री

सुन तस्करीको अनुसन्धान रोकिँदैन, निष्कर्षमा पुर्‍याएर छाड्छौँ : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८० सोमबार १२:३३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक बरामद सय केजी अवैध सुनको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर छाड्ने बताएका छन्। 

बालुवाटारमा सोमबार बसेको नेकपा माओवादी केन्द्र पदाधिकारी बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले तस्करी र भ्रष्टाचारका सबै घटनाको निष्पक्ष छानबिन हुने जवाफ नेताहरुलाई दिएका छन्।

उपमहासचिव वर्षमान पुनले सुन तस्करीमा जो मुछिए पनि कारबाही गर्नबाट पछि हट्न नहुने बताएका थिए। उनले आफ्नो नाम पनि जोडिएकाले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न आग्रह गरेपछि प्रचण्डले जवाफ दिएका हुन्। 

पुनले प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका थिए।

सरकारको भ्रष्टाचारविरोधी अभियान सही रहेको भन्दै उनले त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको पुनले उल्लेख गरे।

त्यसपछि प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा आफ्नो कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग र प्रहरीको अपराध अनुसन्धानमा पोख्त टिमले छानबिन गरिहेको जानकारी दिए।

उनले यो अभियानलाई निस्कर्षमा पुर्‍याउन पार्टीका सबै नेता कार्यकर्ता र आमजनताको सहयोग जरुरी रहेको पनि उल्लेख गरे।

भ्रष्टाचार र अनियमितताविारेधी अभियान निष्कर्षमा पुर्‍याउन पार्टीभित्र आन्तरिक एकता मजबुत हुनुपर्ने पनि उनले बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad