राजनीति


समाजवादी मोर्चामा आवद्ध हुन सबै पार्टीहरूलाई माधव नेपालको आग्रह

समाजवादी मोर्चामा आवद्ध हुन सबै पार्टीहरूलाई माधव नेपालको आग्रह

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८० आइतबार १८:१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरुलाई समाजवादी मोर्चामा आउन आह्वान गरेका छन्।

आइतबार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितका निम्ति समाजवादी मोर्चामा आउन आह्वान गरेका हुन्। 

‘हामी सबैलाई यो मोर्चामा आउनका लागि आह्वान गर्दछौँ। आउनुहोस् बसौँ। नेपाल राष्ट्रका हीतका लागि, नेपाली जनताका हितका लागि, कस्तो–कस्तो नीति अवलम्बन गर्नुपर्छ?,’ उनले भने, ‘त्यसको निम्ति हामी मिलेर अगाडी बढौँ। देशलाई राम्रो बनाउनका लागि, यो देशमा साँच्चै नेपाली जनताले चाहाना गरे बमोजिम परिपाटी बसिरहेको छ भन्ने कुरालाई देखाउनका लागि पनि, स्थापित गर्नका लागि पनि हाम्रो बीचमा एकताको आवश्यकता छ।’

उनले देशको हीत हुने नीति अवलम्बन गर्न र जनताको चाहना अनुरुपको परिपाटी बसाल्नका निम्ति पनि राजनीतिक दलबीचमा एकताको आवश्यकता रहेको बताए।

‘अनुचित कुराको हामीले बिरोध गर्ने हो। चाहे त्यो भ्रष्टाचार होस्। चाहे त्यो अत्याचार होस्। शोषण होस्। उत्पीडन होस्। असमानता होस्। भेदभाव होस्। अन्याय, अत्याचार होस्। यी सबैका विरुद्धमा हामीले एकतावद्ध भएर जुट्नुपर्दछ। यस अर्थमा समाजवाद भनेको समानताको नाम हो।’ 

उनले भ्रष्टाचार, अत्याचार, शोषण, उत्पीडन र असमानता हटाउनका लागि एकतावद्ध हुनुपर्ने बताए।

‘न्याय परिपाटीको नाम हो। जनताको समृद्धिको नाम हो। यस अर्थमा समाजवादमा प्रत्येक व्यक्तिको व्यक्तित्वलाई उजागर गर्नका लागि, अघि बढाउनका लागि अनुकुल परिवेशहरू निर्माण गरिन्छ,’ उनले भने, ‘यस अर्थमा पनि हामीले सानै उमेरदेखि यस्तो परिवेश निर्माण गरिनुपर्छ। जहाँ सबैको व्यक्तित्वको विकास गर्ने सबैले अवसर पाउन् सकुन्।’

त्यस्तै भेदभाव, अन्याय र अत्याचारका बिरुद्धमा पनि एक हुनुपर्ने उनको भनाइ छ।

उनले समानता, समृद्धि र न्यायको नाम नै समाजवाद भएको भन्दै समाजवाद स्थापनाका परिवेश निर्माण गर्न सबै लाग्नुपर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad