राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४ जना सांसदहरूले निर्वाचन अयोागविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएका छन्।
संघीय सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आइतबार रिट निवेदन दर्ता गराएका हुन्।
निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्दापनि १५ हजार जरिवाना तोकेको भनद्यै उनीहरूले उच्च अदालत पाटनमा रिट दर्ता गराएका हुन्।
रिटमा निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्ने उनीहरूले् रिटमा उल्लेख गरेका छन्।
आयोगले निर्णय गर्नुपूर्व सुनुवाइको मौका समेत नदिइएको रिटमा उल्लेख गरिएको छ।
60
Shares
प्रतिक्रिया