ad ad

राजनीति


माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे छलफल सुरु

माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे छलफल सुरु

फाइल फोटो


नेपालखबर
साउन १३, २०८० शनिबार १९:२४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु गरेको छ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा सो बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो।

पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरुले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु भएको र त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आइतवार (भोलि) पनि पदाधिकारी बैठक बोलाइएको पार्टीका सचिव चक्रपाणि खनालले जानकारी दिए।

बैठकमा पार्टीको केन्द्रीय कार्य समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई त्यसका एजेन्डाहरु टुंगो लगाउने विषयमा पनि नेताहरुबीच सहमति भएको छ।

खनालले भने, ‘केन्द्रीय समितिको बैठकलाई मध्यनजर राख्दै यो बैठक आजको प्रतिवेदनको तयारी संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र त्यसपछि केन्द्रीय समितिको बैठकलाई कसरी लैजाने र पदाधिकारीहरुको सुझाव के छ? त्यसबारे मुख्य छलफल भयो। त्यसपछि स्थायी समिति बैठक केन्द्रीय समिति बैठक अघि नै बोलाउने र त्यो बैठकबाट फेरि केन्द्रीय समितिलाई अलि व्यवस्थित र पूर्ण रुपमा कसरी लैजाने भन्ने बारेमा छलफल भयो।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटाली जानु अघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरुलाई दिएको थियो। सोही प्रतिवेदनको मस्यौदामाथि आजको बैठकमा छलफल सुरु गरिएको छ।

नेताहरुको सुझावहरुलाई समेत समेटेर अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिनु हुने माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .