विधानसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सम्पूर्ण नागरिकलाई चौबीसै घण्टा शुद्ध पिउने पानी धारामा उपलब्ध गराउने र विद्यार्थीलाई निशुल्क बस यात्राको व्यवस्था गर्ने बाचा गरेका छन्।
उनले बिनाअवरोध निरन्तर विद्युत आपूर्ति गर्ने। दिल्लीमा वायु प्रदुषण तीन गुणाले कम गर्ने यमुना नदी सफा गर्ने र बेघरबारलाई घरको व्यवस्था गर्ने प्रतिबद्धता पनि गरेका छन्।
त्यस्तै महिलालाई सुरक्षित यात्राको व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवासहित १० बाचा पूरा गर्ने पनि बताएका छन्।
‘दिल्लीमा हरियाली ल्याउन हामी दुई करोड रुख रोप्नेछौँ,’ उनले भनेका छन्।
उनले निजी स्कुललाई आफूखुसी शुल्क बढाउन नदिने पनि बताएका छन्।
दिल्लीमा फेब्रुअरी ८ मा विधानसभा निर्वाचन हुँदैछ। एजेन्सी

प्रतिक्रिया